पूर्वी रुकुमबाट बागी उम्मेदवारी दिएका रावलको कारबाही फिर्ता लिन माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बाट रुकुम प्रदेशसभा २ बाट बागी उम्मेदवारी दिएका केशव रावलले कारबाही फिर्ता लिन माग गरेका छन् । एक विज्ञप्ति जारी गर्दै जिल्ला इन्चार्ज तेजबहादुर ओलीको निर्देशनमा बागी उम्मेदवारी दिएकाले कारबाही निशर्त हुनुपर्ने माग गरेका छन् ।
आफूले जिल्ला इन्चार्ज ओलीसँगको सल्लाहमा प्रदेश सभामा बागी उम्मेदवारी दिए पनि आर्थिक चलखेल भएपछि फिर्ता नलिएको रावलले बताएका छन् । काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित धनबहादुर केसीसँग जिल्ला माओवादी जिल्ला इन्चार्ज ओलीले आर्थिक लेनदेन गरेको आरोप लगाएका छन् ।
यस्तै माओवादी जिल्ला इन्चार्ज सांस्कृतिक रूपमा विचलित भएकाले देखाउनुपरे सबै प्रमाण देखाएर पुष्टि गर्न सक्ने रावलले बताए । रावल तत्कालीन अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए । विद्यार्थीबाट राजीनामा दिएर पूर्वी रुकुम २ बाट प्रदेशसभामा उम्मेदवारी दिएका थिए । रावलको क्षेत्रमा गठबन्धनबाट काँग्रेसका केसीले टिकट पाएपछि उनलाई कारबाही गरिएको हो ।
विज्ञप्तिको पूर्ण पाठ :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण