सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए कम्पनीको सेयर ?
काठमाडौँ । सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको ४१ हजार ५ सय कित्ता साधारण सेयर शुक्रबार बाँडफाँट भएको हो ।
गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा ४ हजार एक सय ५० जना सर्वसाधारणले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । आइपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको थियो ।
कुल ५ लाख कित्तामध्ये कम्पनीले १० प्रतिशत अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको थियो भने ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरु छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण