एमबीबीएस टपर डाक्टर भन्दै ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा
काठमाडौँ । एमबीबीएस टपर डाक्टर र उच्च पदस्थ कर्मचारीको छोरीको रूपमा आफूलाई चिनाएर ठगी गर्ने कार्यमा संलग्न दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा घर भई काठमाडौँको खिचापोखरी बस्ने ३२ वर्षीया उषा कार्की र चितवन घर भई खिचापोखरीमै बस्ने २० वर्षीया निकिता सुवेदी रहेका छन् ।
उनीहरुले पीडितको मोबाइल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी भएको तथा काठमाडौँको बाँसबारीमा घर रहेका र यूनिभर्सिटिबाट एमबीबीएस टपर डाक्टर भएको भन्दै प्रभावमा पार्ने गरेका थिए ।
यस्तै हाल विद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्ने गरेको झुट्टा बहाना बनाई ईसेवा वालेटमा रकम पठाउन लगाएर ठगी गरेको उजुरी परेको थियो ।
उनीहरूलाई खोजतलास गर्दै जाने राजधानीबाट पक्राउ गरिएको हो । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि शुक्रबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण