अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
बुधबार, ३१ असार २०८३, १० : ११
सारांश
- नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामीलगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
- मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
- पक्राउ परेका विद्यार्थी नेताहरूको विनाशर्त रिहाइको माग अनेरास्ववियुले गरेको छ ।
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार काठमाडौँका मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा अध्यक्ष धामीलगायतका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियुका नेता गोपाल नेपालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष धामी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जित प्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा र सिरिस बुढा रहेका छन् ।
पक्राउ विद्यार्थी नेताहरूलाई विनाशर्त रिहा गर्न अनेरास्ववियुले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
-
पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सांसद राणाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण