बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

मनपरी पैसा लिने अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना

शनिबार, ०६ फागुन २०७९, ०६ : १४
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी,  लस्सी,  जुसलगायतका  उपभोग्यवस्तु  बिक्री  गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुल्क लिने गरेका छन् । यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुनै वस्तु किन्नुपर्‍यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् । कुनै  पनि  वस्तु  र  सेवाको  अनुचित  मूल्य  लिनु  कानुनी  रूपमा  अपराध  हो  ।

विमानस्थलका  पसलले  यात्रुसँग  मूल्यसँगै  गुणस्तरमा  समेत  ठगी  भएको पाइएको छ । वस्तु  र  सेवाका  नाममा  मनपरी  शुल्क  लिनेलाई  नियमन  र  अनुगमन  गरी  अनुचित  कारोबार भएको पाइएमा कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो  ।  विमानस्थलभित्र  एक  कफ  चिया  पिउने  पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप