नख्खु कारागारबाट २३ जना कैदी रिहा
आइतबार, ०७ फागुन २०७९, १४ : १२
काठमाडौँ । कारागार कार्यालय नख्खुबाट २३ जना कैदी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका २१ जना कैदी नख्खुबाट छुटेका हुन् । आम माफी पाएका २३ मध्ये अधिकांश कैदी छुटेको नख्खु कारागारका जेलर बद्रीनाथ गैरेले रातोपाटीलाई बताए । उनले भने– ‘कसैको आफन्त जिम्मा लिन आउँदै हुनुहुन्छ, साँझसम्म उहाँहरु जानुहुन्छ ।’
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएकाहरु कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा कैदीहरु नख्खुबाट छुटेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण