नख्खु कारागारबाट २३ जना कैदी रिहा
आइतबार, ०७ फागुन २०७९, १४ : १२
काठमाडौँ । कारागार कार्यालय नख्खुबाट २३ जना कैदी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका २१ जना कैदी नख्खुबाट छुटेका हुन् । आम माफी पाएका २३ मध्ये अधिकांश कैदी छुटेको नख्खु कारागारका जेलर बद्रीनाथ गैरेले रातोपाटीलाई बताए । उनले भने– ‘कसैको आफन्त जिम्मा लिन आउँदै हुनुहुन्छ, साँझसम्म उहाँहरु जानुहुन्छ ।’
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएकाहरु कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा कैदीहरु नख्खुबाट छुटेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जनालाई कैद मिनाहा गर्ने निर्णय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’