विराट कोहलीले सचिन तेन्दुलकरलाई पछि पार्दै यस्तो कीर्तिमान बनाए

भारतीय क्रिकेटर विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । क्रिकेटर विराट कोहली अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रङ्गशालामा जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने खेलाडी बनेका छन् ।
आइतबार विराट कोहलीले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाइसकेका सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
यो सूचीमा अस्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् । उनले ५८८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।
𝐌𝐢𝐥𝐞𝐬𝐭𝐨𝐧𝐞 𝐔𝐧𝐥𝐨𝐜𝐤𝐞𝐝! 🔓
— BCCI (@BCCI) February 19, 2023
Congratulations @imVkohli on reaching 2️⃣5️⃣0️⃣0️⃣0️⃣ international runs in international cricket! 🫡
Simply sensational 👏🏻👏🏻#TeamIndia | #INDvAUS | @mastercardindia pic.twitter.com/Ka4XklrKNA
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी
-
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
-
सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता
-
लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव
-
बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित