अब ट्वीटर अकाउन्टको सुरक्षाका लागि पनि पैसा तिर्नुपर्ने
न्युयोर्क । ट्वीटरले टु-फ्याक्टर अथेन्टिकेशन (2FA) विधिको बारेमा नयाँ घोषणा गरेको छ। ट्वीटरले शुक्रबार अब पैसा तिर्ने ग्राहकहरूलाई मात्र उनीहरूको खाता सुरक्षित गर्न टु-फ्याक्टर अथेन्टिकेशन विधिको रूपमा मेसेज प्रयोग गर्न अनुमति दिनेछ।
कम्पनीले ट्वीटमा लेखेको छ, ‘मार्च २० देखि, ट्विटर ब्लूका ग्राहकहरूले मात्र मेसेजहरू तिनीहरूको टु-फ्याक्टर अथेन्टिकेशन विधिको रूपमा प्रयोग गर्न सक्षम हुनेछन्।’
टु-फ्याक्टर अथेन्टिकेशनमार्फत खाताहरूलाई थप सुरक्षित बनाउन खातावालाले पासवर्डको अतिरिक्त दोस्रो प्रमाणीकरण विधि प्रयोग गर्न पाउँछन्। ट्विटरले हाल मेसेज, प्रमाणीकरण एप, र सेक्युरिटी की मार्फत टु-फ्याक्टर अथेन्टिकेशनलाई अनुमति दिन्छ।
यसअघि बुधबार, कम्पनीले एक ब्लग पोस्टमा फोन-नम्बरमा आधारित टु-फ्याक्टर अथेन्टिकेशन ह्याकरहरूले दुरुपयोग गरिरहेको बताएको थियो । ट्विटरका मालिक एलोन मस्कले हालै एक प्रयोगकर्ताको ट्वीटको जवाफ दिँदै कम्पनीले आफ्नो नीति परिवर्तन गरेको बताएका थिए ।
गत महिना, ट्विटरले एन्ड्रोइडका लागि ट्विटर ब्लू सदस्यताहरूको मूल्य प्रति महिना ११ डलरमा राख्ने बताएको थियो, जुन iOS ग्राहकहरूको लागि पनि समान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण