ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी, एक चिकित्सक’ कार्यक्रम लागू गरिने
सोमबार, ०८ फागुन २०७९, १२ : ००
काठमाडौँ । सरकारले देशका ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको हो ।
यद्यपि सरकारले एक चिकित्सक, एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि–२०७७ मा पास गरिसकेको छ । सरकारले सो कार्यक्रम सञ्चालन गर्ने पटक–पटक घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन गर्न भने सकेको थिएन ।
यो कार्यक्रम लागू भएपछि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरुले निजी अस्पतालमा गएर काम गर्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण