आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी, एक चिकित्सक’ कार्यक्रम लागू गरिने

सोमबार, ०८ फागुन २०७९, १२ : ००
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । सरकारले देशका ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको हो ।

यद्यपि सरकारले एक चिकित्सक, एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि–२०७७ मा पास गरिसकेको छ । सरकारले सो कार्यक्रम सञ्चालन गर्ने पटक–पटक घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन गर्न भने सकेको थिएन ।

यो कार्यक्रम लागू भएपछि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरुले निजी अस्पतालमा गएर काम गर्न पाउने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप