अर्थ मन्त्रालयले माग्यो करार र ज्यालाधरिमा कार्यरत कर्मचारीको विवरण
बिहीबार, ११ फागुन २०७९, २० : ३७
काठमाडौँ । अर्थ मन्त्रालयले सबै सरकारी निकायमा कार्यरत करार र ज्यालाधरिमा कार्यरत कर्मचारीको विवरण मागेको छ ।
मन्त्रालयले चिठ्ठी नै लेखेर सबै मन्त्रालय, आयोग, कार्यालय, बोर्ड, आयोजना र विभागमा करारमा कार्यरत रहेका कर्मचारीको विवरण मागेको हो ।
मन्त्रालयले एक चिठ्ठी लेख्दै फागुन ५ गते ७ दिनभित्र करारमा कार्यरत सबै कर्मचारीको विवरण उपलब्ध गराउन भनेको थियो । सोअनुसार आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायहरूलाई ३ दिनभित्र करारका कर्मचारी र ज्यालाधरिका कर्मचारीको विवरण पठाउन भनेको छ ।
सरकारले राजश्व संकलनमा लिएको लक्ष्य पुरा नभएपछि खर्च कटौतीको निर्णय गरेको थियो । खर्च कटौती गर्न भन्दै अर्थ मन्त्रालयले २० प्रतिशत खर्च कटौतीको निर्णय गरेको थियो । यस्तै, करारका कर्मचारीको विवरण समेत कटौतीका लागि मगाएको मन्त्रालय स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण