प्रदेश सरकारले विकासका काम द्रुत गतिमा गरेको छ : मन्त्री चापागाईँ
विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईँले संघीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने र जनताको पहुँचमा रहेको बताएका छन् ।
मोरङको बेलबारी–४ स्थित लिम्बू चोक र सभापुर जोड्ने नवनिर्मित पुल उद्घाटनमा उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार रहेको बताए । प्रदेश सरकार गठन भएयता प्रशासनिक, विकास निर्माणका कुराहरूमा जनता सहजै पुग्न सक्ने अवस्था सिर्जना भएको बताए ।
‘प्रदेश सरकार थिएन भने काठमाडौँ छिर्नुपर्ने हुन्थ्यो, मेहेनतका साथ सिंहदरबार छिर्नुपर्ने हुन्थ्यो योजना पर्छ या पर्दैन भन्ने हुन्थ्यो,’ उनले भने, ‘योजना परे पनि सहज हिसाबले पहुँचमा पुग्छ कि पुग्दैन, यस्ता थुप्रै समस्यालाई प्रदेश सरकारले हल गरेको छ ।’
उनले अघिल्लो सरकारले प्रदेशको औचित्य स्थापित गरेको र यो सरकारले प्रदेश सरकारको औचित्य र आवश्यकतालाई थप व्यवस्थित र बलियो बनाउने बताए । विकासका आयोजनालाई समयमा सम्पन्न गर्न गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्ने उनको जोड थियो ।
मन्त्री चापागाईँले मोरङको बेलबारी–४ स्थित केसलिया खोलामा निर्माण भएको पुल उद्घाटन गरेका छन् । ३७ मिटर लम्बाइ रहेको सो पुल ६ करोड १८ लाख ४३ हजारको लागतमा निर्माण भएको हो ।
गीताञ्जली कन्स्ट्रक्सन प्रालि दुहबी र प्रदेश १ सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबीच पुल निर्माणका लागि ०७६ फागुन १८ गते सम्झौता भएको थियो । २ वर्षमा सक्नुपर्ने पुल कोभिडका कारण केही ढिला भएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए । ०७९ असार २५ गते पुल निर्माण सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
-
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण