प्रधानमन्त्री प्रचण्डलाई थप ८ मन्त्रालयको कार्यभार
मङ्गलबार, १६ फागुन २०७९, १४ : १६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् । एमालेले अर्थ, कृषि तथा पुशपंक्षी,उद्योग बाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो ।
यसअघि राप्रपा र राप्रपा समेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डसँग अहिले १६ मन्त्रालय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण