एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा
शनिबार, २० फागुन २०७९, १० : २१
काठमाडौँ । एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
प्यालेस्टाइनमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको घोषणा गरेका हुन् । नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ ।
गुरुङले बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा यू–२० राष्ट्रिय महिला टोलीको नेतृत्व गरेका थिए ।
अन्तिम टोली
गोलकिपरः कविता विक, सावित्री किसान, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण