आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हिजोकै सामन्तलाई फर्काएर जनताले मुक्ति पाउँदैनन् : विप्लव

आइतबार, २१ फागुन २०७९, १५ : २८
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हिजकै सामन्तहरुलाई फर्काएर जनताले मुक्ति नपाउने बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै विप्लवले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फर्काएर जनताले मुक्ति नपाउने संकेत गरे ।

‘हामीले आफ्नो स्वार्थ र गुटका कुरा होइन । देश र जनताको कुरा गर्नैपर्छ’ हिजकै सामान्तलाई फर्काएर जनताले मुक्ति पाउँदैनन् । मुठिभर सम्पत्ति भएकालाई अधिकार दिए सबै पार लाग्दैन’ विप्लवले भने, ‘जसले आफू धोती र तोपी खुस्केको थाहा पाउँदैन त्यसले देशलाई पार लागाउँदैन । असम्भव छ ।’ माओवादीलाई अपराधी र हत्यारा बनाएर स्थापित गर्न खोजिए प्रतिरोध गरिने विप्लवले बताए ।

‘हामीलाई उचाल्छन् पर्छाछन् प्रभावित हुन जरुरी छैन । इतिहास दोहोरिने भनेका फेरि सबै माओवादीहरु एक ठाउँमा आउने हो । फेरि जनक्रान्ति सुरु हुने हो । फेरि जनसत्ता र आवश्यक पर्यो भने जनमुक्ति सेना बन्ने हो’ विप्लवले भने, ‘एकिकृत जनक्रान्ति वा अन्य कुनै क्रान्ति अघि बढ्ने हो । यो सबैले हेक्का राखे हुन्छ ।’ अब सबै माओवादी धारहरु एक हुन तयार हुनुपर्ने विप्लवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप