वडाको कडा नियम : विवाहपूर्व अनुमति पत्र अनिवार्य
मङ्गलबार, २३ फागुन २०७९, १९ : ०२
दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ ले वडाभित्र विवाहसम्बन्धी नयाँ नियम लागु गरेको छ । अबदेखि विवाह गर्नुभन्दा पहिला नै वडाको सिफारिस लिनुपर्ने नियम लागु गरिएको वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए ।
उनका अनुसार वडामा कानुन विपरीत हुने बाल विवाह निषेध गर्न यो नियम लागु गरिएको हो । फागुन १२ गतेको बसेको वडा समितिको बैठकले अब वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यस पूर्व नै वडा कार्यालयबाट अनुमति पत्र लिने नियम लागु गरिएको उनको भनाई छ । साथै ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको अनुमति पत्र अनिवार्य रूपमा लिएर आउनु समेत अनुरोध गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण