शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचन अघि ‘टिपटप’ बने पौडेल

बुधबार, २४ फागुन २०७९, १६ : ३५
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन हुनुअघि राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले दौरा सुरुवाल र कोट सिलाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले काठमाडौँको ‘टिपटप टेलर’मा राष्ट्रपतिमा निर्वाचित भएपछि लगाउनका लागि पोसाकको जोहो गरेका हुन् । 

उनले आइतबार टेलरमा पुगेर शरीर नपाएका थिए । आइतबार आफ्ना सहयोगीहरूसहित पौडेल कपडा नापका लागि टेलर पुगेका थिए । पौडेलको नाप अनुसारको कपडा तयार भएको र आज साँझ पौडेललाई भेटेर कपडा ‘ट्रायल’ गरिने टेलरका सञ्चालक मोहम्मद जियाले रातोपाटीलाई जानकारी दिए । 

पौडेलले पहिलो पटक सो टेलरमा कपडा सिलाउन आएको मोहम्मदले बताए । भोलि हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसँग प्रतिस्पर्धा गर्दैछन् । पौडेललाई सत्ता गठबन्धनका ८ दलले समर्थन सहित सहयोग गर्ने औपचारिक घोषणा गरिसकेका छन् भने अर्का उम्मेदवार नेम्वाङ हालसम्म एमालेको मात्र एकल उम्मेदवारका रूपमा रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप