शुक्रबारबाट मध्यपूर्वका देशमा ‘छक्का पन्जा ४’ रिलिज हुने
काठमाडौँ । घरेलु बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको फिल्म ‘छक्का पन्जा ४’ मध्यपूर्वका देशमा भोलि शुक्रबारदेखि लाग्ने प्रदर्शनमा आउने भएको छ । मध्यपूर्वका यूएई, कतार, ओमान र बहराइनका देशको ५० बढी पर्दामा एकसाथ फिल्म रिलिज हुन लागेको विदेश वितरण कम्पनी नेपफिल्मस्ले जनाएको छ । नेपफिल्मस्ले फिल्मका रमेश ढकालले शुक्रबारबाट यूएई, कतार, ओमान र बहराइनमा रिलिज भएपनि अन्य देशमा पनि छिट्टै लाग्ने बताए । ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।
रोजगारीको सिलसिलामा मध्यपूर्वका देशमा अनुमानित २० लाख भन्दा धेरै नेपाली रहेका छन् । गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमान लगायत विभिन्न देशका रहेका एनआरएनले फिल्म प्रदर्शनमा सहयोग समेत गरेका छन् । ‘छक्का पन्जा ४’ नेपालमा फागुन १९ गतेदेखि प्रदर्शनमा आएको छ । प्रदर्शनको आज बिहिबार छैठो दिनसम्म पनि फिल्मले राम्रो ब्यवसाय गरिरहेकोछ ।
हेमराज बीसीको निर्देशन रहेको राजनीतिक र कमेडी बिषयमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण