बिदाको दिन चलाएको जलेश्वर नगरपालिकाको गाडी ट्राफिकको नियन्त्रणमा
रौतहट । धनुषा जिल्लास्थित जलेश्वर नगरपालिकाको गाडी ट्राफिक प्रहरी नियन्त्रणमा लिएको छ। बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गर्दै गुडेको जा १ झा ५४५ नम्बरको स्कारपियो गाडी शनिवार ट्राफिकले नियन्त्रणमा लिएको हो ।
पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा ट्राफिक प्रहरीले उक्त गाडी रोकेर जिल्ला प्रशासन कार्यालय कार्यालयको अनुमति पत्र देखाउन भने पछि चालकले सो गाडी भगाएका थिए । सो गाडीलाई पछि चन्द्रनिहापुर चोकको अमन होटल अगाडिबाट नियन्त्रणमा लिएकोजिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर विमला कठायतले बताइन् ।
उनका अनुसार गाडीमा रहेका एक व्यक्तिले आफू मेयरको स्वकीय सचिव भएको बताएका थिए । पश्चिम बारातर्फ गइरहेको सो गाडी ट्राफिकले नियन्त्रणमा लिन थालेपछि चालकले पूर्वतर्फ भगाएर चन्द्रनिगाहपुर चोकमा रोकेर चालक र सवार अन्य व्यक्तिहरू फरार भएका थिए।
बिहान १० बजे गाडी छाडेर भागेको चालक ५ घण्टा पछि जिल्ला प्रशासन कार्यालय धनुषा बाट अनुमति लिएर आएको तथा रौतहटका सिडिओ धर्मेन्द्र कुमार मिश्रले सरकारी प्रयोजनको लागि आएको जानकारी दिएपछि अपराह्न ४ बजे छोडिएको इन्स्पेक्टर कठायतले जानकारी दिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण