बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिकी चर्चित संगीतकार टिचको निधन

आइतबार, २८ फागुन २०७९, ११ : २४
आइतबार, २८ फागुन २०७९

एजेन्सी । दक्षिण अफ्रिकाको चर्चित र्यापर तथा संगीतकार कोस्ट टिचको निधन भएको छ । रिपोर्टका अनुसार र्यापर एक कन्सर्टको क्रममा उनी बेहोस भएका थिए । त्यही क्रममा उनको निधन भएको हो ।

२७ वर्षीय कोस्टा जोहान्सबर्ग अल्ट्रा साउथ अफ्रिका म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका थिए । सोही क्रममा ढेलेरका उनको मृत्युको कारण भने खुल्न सकेको छैन । कोस्टाको निधनप्रति विभिन्न संगीतका हस्तीहरुले श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।

कोस्टा टिचको नाम कोस्टा त्सोबानोग्लु हो । उनको सबैभन्दा सफल गीत ‘बिग फ्लेक्सा’ ले युट्युवमा ४५ मिलियनभन्दा बढी भिउज पाएको छ । उनले हालै अमेरिकी कलाकार एकोनसँग रिमिक्स गीत रिलिज गरेका थिए । कोस्टाको निधनले दक्षिण अफ्रिकी संगीत उद्योगमा ठुलो धक्का पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप