सबै क्रान्तिकारीहरू एकताबद्ध भए कसैको तागतले भ्याउँदैन : विप्लव
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भए आगाको ज्वालाले सबै खरानी हुने बताएका छन् । माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले देशभक्त र क्रान्तिकारीहरू एक जुट भएमा कसैको तागतले नभ्याउने बताए ।
‘अहिले जे देखिएका छन् । यो क्रान्तिको अपूर्णताले भएको हो । राज्यलाई नयाँ आधारमा पुनर्संगठित गर्न आवश्यक छ ’ विप्लवले भने, ‘यो राज्य नेपाली जनताको भइसकेको छैन । हामीले बनाउन खोज्दै थियौँ । साम्राज्यवादीका लठैतहरुले लिएर गए ।’ सङ्क्रमणकालीन मुद्दा प्रचण्डको मात्रै नभएर सम्पूर्ण परिवर्तन पक्षधरको समेत भएको विप्लवले बताए । देशको सम्पूर्ण स्वामित्व नेपाली जनताको हातमा आयो कि आएन भन्ने विषयमा सबैले हेक्का राख्नुपर्ने विप्लवले बताए । ‘अहिलेको परिवर्तनलाई उल्ट्याएर २०४७ सालतिर लग्न खोजिँदै छ । यो स्वीकार हुँदैन । बरु अझ अघि बढेर वैज्ञानिक समाजवाद निर्माणमा लाग्नुपर्छ ’ विप्लवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण