स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी
स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो ।
आम नेपालीहरूको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमले धेरै मानिसलाई लाभ पुगेको छ। तर, समयसमयमा सर्भरले भार बहन गर्न नसक्दा अस्पतालको विश्वसनीयता र बिरामीको धैर्य नै गुम्नेसम्मको अवस्था सिर्जना हुनुले स्वास्थ्य बिमाप्रतिको नैराश्यता मात्र नभई बिरामी जटिल समस्यामा परेका छन्।
आइतबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म सर्भर डाउन हुँदा देशभरिका लाखौं बिरामीले सास्ती भोग्नुपन्यो । यस विषयमा स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवाली भन्छन् ,'बेलाबेलामा यस्तो समस्या आइरहन्छ तर यति लामो समय समस्या आएको यो पहिलोपटक हो। नेपालको स्वास्थ्य बिमाको सर्भर तयार पार्ने कन्सल्ट्यान्सी जीआईटीसीलाई मात्र विस्तृत जानकारी हुन्छ ।'
अझैपनि एपीआई लिंकमा समस्या भएकाले फाइल पठाउन मिले पनि सहज भइनसकेको उनले बताए । शनिबार बिदा भएकाले आइतबार काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुरस्थित कोरियन अस्पताललगायतका देशैभरिका आम नागरिकको पहुँच हुने अस्पतालहरूमा बिहान ७ बजेदेखि नै टिकट लिनेको भीड थियो ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु भन्छन्, 'सर्भर नै डाउन भएपछि हामीले केही गर्ने सक्दैनौँ ।' सर्भर बिहान ४ बजेदेखि नचलेको भए पनि बिमा बोर्डको प्राविधिक शाखा १० बजेपछि खुला हुने हुँदा थप समस्या आयो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण