नर्भिकले निःशुल्क सुगर जाँचसहितको वृहत कार्यक्रम गर्ने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।
अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो ।
नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् ।
नर्भिक अस्पतालले बेला–बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । एकमहिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो । त्यस्तै कार्यक्रम पुनः गर्नुपर्ने माग आएपछि त्यसलाई सम्बोधन गर्न चैत ७ गते अर्को जनचेतनामूलक कार्यक्रम राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । चाँडपर्व, उत्सव तथा विशेष अवसरहरुमा अस्पतालले विभिन्न हेल्थ प्याकेज तथा स्किमहरु सार्वजनिक गर्दै भारी छुटमा अस्पतालको सेवा लिन सकिने अफरहरु समेत सार्वजनिक गर्दै आएको छ ।
विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण