नेपाली आइटी स्टार्टअप रिङ्गेज टप ५ मा

काठमाडौँ । आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेज ‘स्टार्ट अप टेक फोर डेमोक्रेसी एसिया’ को एसिया र प्यासिफिक क्षेत्रमा फाइनल (टप ५) मा परेको छ । गतसाता भारतको नयाँ दिल्लीमा भएको टेक फर डेमोक्रेसी एसियामा सहभागी भएको नेपाली आइटी स्टार्टअप रिङ्गेज टप ५ मा परेको हो ।
रिङ्गेज प्रतियोगितामा भारतबाट इभोटिङतर्फ राइट २ भोट, न्युजिल्याण्डबाट साइबर सेक्युरिटीतर्फ सेफटुओपन, सिंगापुरबाट फाइनान्सियल इन्क्युज कम्पनी स्माइल र इन्डोनेसियाबाट सुआराइज टफ ५ फाइनलिस्टमा परेका छन् । युएस डिपार्टमेन्ट अफ स्टेट, माइक्रोसफ्ट, अब्जर्भर रिसर्च फाउन्डेशन र भोक्ससेन युनिभर्सिटीको साझेदारीमा आईई सेन्टर फर द गभर्नेन्स अफ चेन्ज टीमले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा एसिया क्षेत्रका स्टार्टअपको दर्जनौं आवेदन परेको थियो ।
ती कम्पनीहरूलाई पछि पार्दै रिङ्गेज टप ५ फाइनलिस्टमा परेको हो । डेमोक्रेसीलाई प्रवर्द्धन गर्ने तथा साइबर सुरक्षालाई मजबूत बनाउने, प्रविधिमा नागरिकको पहुँच बढाउने, डिजिटल, वित्तीय तथा राजनीतिक समावेशीकरणमा जोड दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो । रिङ्गेजको मोबाइल इङ्गेजमेन्ट प्रविधिले गैरनाफामूलक कम्पनीहरू, निजी कम्पनी तथा अन्य संस्थाहरूलाई भ्वाइस म्यासेजमार्फत ठूलो समूहलाई एकैपटक सन्देश पठाउन सहयोग गर्दै आएको छ । एकैपटक ठूलो समूहमा भ्वाइस सन्देश पठाउनका लागि अत्यन्तै उपयोगी रहेको यस सेवा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । भ्वाइस म्यासेज सेवामार्फत व्यवसाय, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार गर्न सूचनामा पहुँच वृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
रिङ्गेजले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको फाइनलमा छनोट हुन पाउँदा निकै हर्षित भएको बताएक छ । ‘हामी विश्वास गर्छौं कि हाम्रो मोबाइल इन्गेजमेन्ट टेक्नोलोजीले नेपाल र बाहिर लोकतान्त्रिक संलग्नता र सूचनाको अधिकारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,’ कम्पनीले भनेको छ । प्रतियोगितामा नेपाली स्टार्टअपको उपलब्धिले नेपाल र समग्र एसिया क्षेत्रमा लोकतान्त्रिक सहभागिता र सूचनाको हकको प्रवर्द्धनमा प्रविधिको बढ्दो भूमिकालाई जोड दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा रिङ्गेजका संस्थापक दिपेश रेग्मीले इन्नोभेटिभ मोबाइल इंग्जमेन्ट टेक्नोलोजी र यसको प्रयोग बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले रिङ्गेजमार्फत ठूला संस्थाहरू मानिसहरूको ठूलो समूहहरूमा पनि आफ्नो पहुँच स्थापना गर्न सक्षम हुने बताए । उनले त्यस्ता कम्पनीले आफूलाई आवश्यक भाषामा एकैपटक आवाजसहितको सन्देश पठाउनका लनगि कम्पनीको सेवा अत्यन्तै उपयोगसिद्ध साबित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?