बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन इंग्ल्यान्डको टाउको दुखाइ

बुधबार, २४ असार २०८३, १५ : ०६
बुधबार, २४ असार २०८३

सारांश

  • अर्जेन्टिनाको ऐतिहासिक पुनरागमनले इंग्ल्यान्डको विश्वकप यात्रामा ठूलो प्रभाव पारेको छ ।
  • मेस्सी विश्वकप इतिहासमा लगातार छवटा नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
  • इजिप्टका फरवार्ड मोहम्मद सलाहले टोलीको प्रदर्शनको प्रशंसा गर्दै भविष्यप्रति आशावादी रहेको बताएका छन् ।

अर्जेन्टिनाको यो पुनरागमन केवल मेस्सीको व्यक्तिगत प्रदर्शन मात्र थिएन, तर यसले इंग्ल्यान्डको सम्भावित यात्रामा पनि ठुलो प्रभाव पारेको छ । 

जब इजिप्ट २–० ले अगाडि थियो, इंग्ल्यान्डले सोचिरहेको थियो कि यो नै सन् १९६६ पछि पहिलो पटक पुरुष विश्वकपको फाइनल पुग्ने सुनौलो अवसर हुन सक्छ । त्यतिबेला इंग्ल्यान्डको सम्भावित बाटो यस्तो देखिएको थियो, पहिले क्वार्टरफाइनलमा नर्वे, त्यसपछि सेमिफाइनलमा इजिप्ट, स्विट्जरल्यान्ड वा कोलम्बिया मध्ये एक टोली । 

तर अब अवस्था बदलिएको छ । यदि इंग्ल्यान्डले खतरनाक नर्वेलाई हरायो भने पनि उसले सम्भावित रूपमा मेस्सी नेतृत्वको अर्जेन्टिना को सामना गर्नुपर्नेछ । र मेस्सी उमेर बढे पनि अझै पनि कुनै पनि विपक्षीमाथि विशाल छायाझैँ प्रभाव पार्ने खेलाडी हुन् । इजिप्टले त्यसको मूल्य चुकाइसकेको छ । 

यस खेलसँगै मेस्सी विश्वकप इतिहासमा लगातार छवटा नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस विश्वकपमा उनी आठ गोलका साथ शीर्ष स्थानमा छन् । विश्वकपका पहिलो पाँच खेलमा आठ गोल गर्ने यो उपलब्धि सन् १९७० को मेक्सिको विश्वकपमा पश्चिम जर्मनीका गर्ड मुलर ले १० गोल गरेयताकै उत्कृष्ट प्रदर्शन हो । 

arj2

यसबाहेक, मेस्सीले आफ्नो पछिल्ला नौ विश्वकप खेलमा १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन् । यस अवधिमा उनले १३ गोल गरेका छन् भने तीन असिस्ट दिएका छन् । इंग्ल्यान्डका लागि चिन्ताको विषय के हो भने मेस्सीसँग अझै पनि थप गोल गर्ने क्षमता बाँकी छ । र, उनको खेल हेर्दा उनी त्यसका लागि पूर्ण रूपमा तयार देखिन्छन् । 

अर्जेन्टिना अहिले पनि विश्व फुटबलको सबैभन्दा शक्तिशाली टोलीमध्ये एक हो । यो टोलीमा कलात्मक फुटबल र कठोर प्रतिस्पर्धी मानसिकताको उत्कृष्ट मिश्रण छ, जसको केन्द्रमा मेस्सी छन् । प्रशिक्षक लियोनेल स्कालोनीको टोलीलाई थाहा छ, जहाँ मेस्सी छन्, त्यहाँ आशा जीवित रहन्छ । 

तर टोली केवल मेस्सीमा मात्र निर्भर छैन । अन्य धेरै प्रतिभाशाली खेलाडीहरू पनि छन्, जो सँधै जित्ने मेन्टालिटी सहित मैदान उत्रन्छन् । च्याम्पियन टोलीहरूले जस्तै अर्जेन्टिनाले पनि अन्ततः जित निकाल्ने बाटो भेटिहाल्छ । अन्तिम ३२ मा केप भर्डे विरुद्ध ३–२ को कठिन जित त्यसैको उदाहरण थियो । निस्सन्देह, मेस्सी जस्ता खेलाडी हुनुले त्यसमा थप प्रभाव थप्छ । त्यसैले पनि अहिले अर्जेन्टिनाको इजिप्टविरुद्धको एतिहासिक पुनरागमन इंग्ल्यान्डको लागि चिन्ताको विषय हो । 

अर्जेन्टिनासँगको हारपछि इजिप्टका फरवार्ड मोहम्मद सलाहले के भने ? 

सलाहले टोलीका प्रत्येक सदस्यलाई उनीहरूको प्रयासका लागि धन्यवाद दिए र प्रतियोगिताभर उनीहरूले देखाएको प्रतिबद्धताको प्रशंसा गरे । 'मलाई तिमीहरूमाथि गर्व छ । तिमीहरू अन्तिम क्षणसम्म लड्यौ र इजिप्टको वास्तविक खेल भावना प्रदर्शन गर्‍यौ । यो अन्त्य होइन, बरु अझ ठुलो कुराको सुरुवात हो,' फरवार्ड सलाहले भने । यसका साथै उनले विश्वकपभरि प्रशंसकहरूले दिएको अटूट समर्थनका लागि पनि धन्यवाद व्यक्त गरे । 

लिभरपुलका यी स्टार खेलाडीले आफ्ना सहकर्मीहरूलाई भविष्यप्रति विश्वस्त रहन आग्रह गरे । यस प्रतियोगिताबाट प्राप्त अनुभवले आगामी वर्षहरूमा इजिप्टलाई अझ अघि बढ्न मद्दत गर्ने कुरामा उनी विश्वस्त देखिन्थे । 

arj

इंग्ल्यान्ड भर्सेस अर्जेन्टिना विगत

इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप प्रतिस्पर्धा फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक र चर्चित प्रतिस्पर्धामध्ये एक मानिन्छ । यी दुई टोलीले हालसम्म फिफा विश्वकपमा पाँच पटक एकअर्काको सामना गरेका छन् ।

पहिलो भेट १९६२ मा हुँदा इङ्ग्ल्यान्ड ३–१ ले विजयी भएको थियो भने १९६६ को क्वार्टरफाइनलमा पनि उसले १–० को जित निकाल्यो ।

१९८६ को क्वार्टरफाइनल भने विश्व फुटबल इतिहासमा विशेष रूपमा सम्झिने खेल बन्यो, जहाँ डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’का लागि प्रसिद्ध दुई गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए ।

त्यसपछि १९९८ को राउन्ड अफ १६ मा खेल २–२ को बराबरीमा टुंगिए पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जित हात पार्‍यो । २००२ को समूह चरणमा डेभिड बेकह्यामको पेनाल्टी गोलको मद्दतले इङ्ग्ल्यान्ड १–० ले विजयी भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप