नेपाल म्युजिक एण्ड फेसन अवार्ड हुने
काठमाडौँ । ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३’ आयोजना हुने भएको छ । आयोजना स्टार वान इन्टरटेनमेन्टले एक बिज्ञप्ती जाी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो । सन् २०१८ बाट नियमित आयोजना भएको अवार्डको यो चौथो संस्करण हो ।
नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको आयोजक संस्था स्टार इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले बताइन् । स्टार इन्टरटेनमेन्टले अवार्ड विलक्षण क्रियसन प्रालीसँग मिलेर गर्न लागेको हो । अवार्डमा २०२२ जनवारी १ देखि २०२३ फेब्रुअरी अन्तिम दिनसम्म सार्वजनिक भएको गीत संगीतले अवार्डमा भाग लिन सक्नेछन् । सहभागीका लागि आवेदन फारम २ वैशाखभित्र भर्नु पर्नेछ ।
अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीत बिधा राखिएको छ भने फेसनका पनि विभिन्न विधा अटाएका छन् । अवार्डमा संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएका ब्यक्ति तथा पत्रकारलाई पनि सम्मान गरिने कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण