नेपाल म्युजिक एण्ड फेसन अवार्ड हुने
_r7cM6Qn3SD.jpg)
काठमाडौँ । ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३’ आयोजना हुने भएको छ । आयोजना स्टार वान इन्टरटेनमेन्टले एक बिज्ञप्ती जाी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो । सन् २०१८ बाट नियमित आयोजना भएको अवार्डको यो चौथो संस्करण हो ।
नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको आयोजक संस्था स्टार इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले बताइन् । स्टार इन्टरटेनमेन्टले अवार्ड विलक्षण क्रियसन प्रालीसँग मिलेर गर्न लागेको हो । अवार्डमा २०२२ जनवारी १ देखि २०२३ फेब्रुअरी अन्तिम दिनसम्म सार्वजनिक भएको गीत संगीतले अवार्डमा भाग लिन सक्नेछन् । सहभागीका लागि आवेदन फारम २ वैशाखभित्र भर्नु पर्नेछ ।
अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीत बिधा राखिएको छ भने फेसनका पनि विभिन्न विधा अटाएका छन् । अवार्डमा संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएका ब्यक्ति तथा पत्रकारलाई पनि सम्मान गरिने कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
-
नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही
-
मदन–आश्रित दिवस : बल्खुमा रहेको प्रतिमामा नेताहरूद्वारा माल्यार्पण (तस्बिरहरू)
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
कक्षा १२ को परीक्षा सकेर महत्त्वपूर्ण शृङ्खला खेल्न शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक