शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
शनिबार, ०३ जेठ २०८२, ०९ : ०१
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न अध्ययन संस्थान तथा सङ्कायहरूमा सञ्चालित स्नातकोत्तर तहका वार्षिक एवं सेमेस्टर प्रणाली अन्तर्गतका कार्यक्रमहरूमा अध्ययन पुरा गरी परीक्षा समेत उत्तीर्ण गरिसकेका तर शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीहरूलाई अन्तिम मौका दिने भएको छ ।
परीक्षा उत्तीर्णलाई २०८२ पौष महिना भित्र र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०८२ सालमा सञ्चालन हुने मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरूको हकमा मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिले ३ महिना भित्र थेसिस बुझाउन सक्ने गरी अन्तिम एक पटकका लागि अवसर उपलब्ध गराउन स्वीकृति दिइएको हो ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वैशाख २९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा मानविकी तथा सामाजिक शास्त्र संकायका लागि यस्तो परिपत्र जारी गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण