शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
खेलकुद

रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका

शनिबार, ०३ जेठ २०८२, ०८ : ००
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • आईपीएल २०२५ फेरि सुरु हुने, बाँकी १३ खेल विभिन्न ६ स्थानमा हुनेछन्। प्लेअफ मे २९ र फाइनल जुन ३ मा हुनेछ।
  • पाकिस्तानसँगको तनावका कारण स्थगित आईपीएलका खेलहरू पुनः सुरु हुँदैछन्। केही विदेशी खेलाडी भने विश्व टेस्ट च्याम्पियनसिपका कारण फर्किएका छन्।
  • रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीचको पहिलो खेल मे १७ मा बेंगलुरुमा हुनेछ। प्लेअफ खेलको स्थान तय हुन बाँकी छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ आजबाट फेरि सुरु हुने भएको छ। लिग चरणका बाँकी १३ खेलहरू ६ वटा स्थानमा खेलाइनेछ। प्लेअफ चरण मे २९ बाट खेलाइनेछ र फाइनल जुन ३ मा हुनेछ। 

पाकिस्तानसँगको तनावका कारण मे ९ मा आईपीएल स्थगित गर्नुपर्‍यो। देश हाल युद्धको अवस्थामा रहेको भन्दै बीसीसीआईले प्रतियोगिता स्थगित गरेको थियो। यस्तो अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु उचित नभएको बीसीसीआईको ठहर थियो।

रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिचको पहिलो खेल मे १७ मा बेंगलुरुमा खेलिनेछ। बाँकी खेलहरू जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा खेलाइनेछ।

लिग चरण मे २७ मा समाप्त हुनेछ। आइतबार, १८ र २५ मे मा २ डबल हेडर खेलिनेछ। यसको अर्थ ११ दिनमा १३ वटा लिग चरणका खेल हुनेछन्।

मे ८ मा धर्मशालामा हुने पञ्जाब र दिल्लीबिचको खेल पाकिस्तानको आक्रमणका कारण रोकिएको थियो। यो खेल अब मे २४ मा जयपुरमा खेलिनेछ। 

प्लेअफ खेलहरूको स्थान अझै तय भएको छैन। यसअघि हैदराबाद र कोलकातामा २-२ प्लेअफ खेलहरू खेलाइने तय भएको थियो।

आईपीएल २०२५ अन्तर्गत ७४ खेल खेलाइने थियो। मे ७ सम्ममा ५७ खेल खेलिसकेका थिए, मे ८ मा ५८ औँ खेल बिचैमा रोकिनु पर्‍यो। अर्थात् अब १७ खेल बाँकी छन्। जसमध्ये १३ खेल लिग चरणका छन् भने ४ खेल प्लेअफ चरणका छन्।

कुन–कुन टोलीका खेलहरू बाँकी छन् ?

मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई(दुई लिग खेल बाँकी छन्। बाँकी टोलीहरूले अझै तीन(तीन लिग खेल खेल्न बाँकी छ। एउटा टोलीले १४ लिग खेल खेल्नुपर्छ।

आईपीएलका १० मध्ये तीन टोली प्लेअफ दौडबाट बाहिरिएका छन्। यी तीन टोलीहरू, हैदराबाद, राजस्थान र चेन्नई छन्। बाँकी टोलीहरू अझै प्लेअफ दौडमा छन्।

के सबै विदेशी खेलाडीहरू अझै पनि भारतमा छन् ?

होइन। जब बीसीसीआईले लिग स्थगित गर्ने निर्णय गर्‍यो, विदेशी खेलाडीहरू र सहयोगी कर्मचारीहरूलाई आ(आफ्नो देश फर्कन भनियो। यी मध्ये धेरै खेलाडीहरू आफ्नो घर फर्किएका छन्। 

उनीहरुलाई फेरि बोलाइएको छ। यद्यपि, विश्व टेस्ट च्याम्पियनसिपको फाइनललाई ध्यानमा राख्दै केही अस्ट्रेलियाली खेलाडीहरूले भारत आउन अस्वीकार गरेका छन् । 

iii

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप