संठनात्मक विषयमा सुझाव संकलन गर्न सबै प्रदेशमा अन्तरक्रिया गर्दै माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्न सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत ११ देखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया गर्ने तय गरेको हो ।
संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ को अध्यक्षतामा बसेको बैठकले सम्पर्क समन्वय प्रदेशमा चैत ११, उपत्यका विशेष प्रदेशमा चैत १३ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यसैगरी कोशी प्रदेशमा चैत १७ गते, मधेस प्रदेशमा चैत १८ गते, बागमती प्रदेशमा चैत २७ गते, लुम्बिनी प्रदेशमा चैत २५ गते कार्यक्रम गर्ने तय भएको छ ।
यस्तै कर्णाली प्रदेशमा चैत २२ गते, सुदूरपश्चिम प्रदेशमा चैत २० गते तथा गण्डकी प्रदेशम पछि तय हुनेछ । विभागका एक सदस्यका अनुसार प्रदेशहरुमा हुने अन्तरक्रियामा केन्द्रीय संगठन विभागका नेताहरु सहभागी हुनेछन् । यस्तै प्रदेशबाट आवश्यकताअनुसार नेताहरुलाईसहभागी गराइने छ ।
कार्यक्रम गर्न व्यवस्थापन लगायतका कार्यहरू सम्बन्धित प्रदेशले मिलाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण