चौथो ओएस नेपाल म्युजिक अवार्ड हुने
मङ्गलबार, ०७ चैत २०७९, ०८ : ३१
काठमाडौँ । ‘नेपाली गीत, सङ्गीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारा आयोजना हुँदै आएको ‘ओएस नेपाल म्युजिक अवार्ड’को चौथो संस्करण आयोजना हुने भएको छ । ओएस नेपालले विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्डको आवेदन खुल्ला गरिएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुल्ला भएको जनाएको हो ।
साँंगीतिक स्रष्टाहरुको सृजनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठे लगायत गीत सङ्गीतका ६१ विद्या समावेश गरिएको छ ।
अवार्डमा २०७८ वैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, सङ्गीतले सहभागिता जनाउन सक्नेछन् । ओएस नेपालको कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिने अवार्डको मिति र जुरी केही समयपछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण