एम्बाप्पे बने फ्रान्सको नयाँ कप्तान
पेरिस । किलियान एम्बाप्पे फ्रान्सको राष्ट्रिय टोलीका नयाँ कप्तान नियुक्त भएका छन् । गत जनवरीमा टोटनहमका गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएसँगै पेरिस सेन्ट जर्मेनका फरवार्डलाई नयाँ कप्तान घोषणा गरिएको हो ।
सन् २०१७ मा सिनियर टोलीका डेब्यु गरेका २४ वर्षीय एम्बाप्पेले हालसम्म टोलीका लागि ६६ खेल खेलिसकेका छन् । ‘यो जिम्मेवारी ग्रहण गर्नका लागि एम्बाप्पेले सबै आवश्यकता पूरा गर्छन्,’ फ्रान्सका म्यानेजर डिडिएर डेस्च्याम्प्सले भने, ‘उनी मैदानमा टोलीलाई एकताबद्ध पार्ने पात्र हुन् ।’
फ्रेन्च फुटबल फेडरेसनले एम्बाप्पेलाई कप्तान तथा एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजमानलाई उपकप्तान नियुक्त गरेको पुष्टि गरेको छ । गत विश्वकपमा फ्रान्सलाई लगातार दोस्रो फाइनलमा पु¥याउँदा एम्बाप्पे प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका थिए ।
टोली फाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो । सन् २०१८ मा विश्वकपको उपाधि जित्दा पनि फाइनल खेलमा उनले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए ।
फ्रान्सले शुक्रबार नेदरल्याण्डविरुद्ध युरो २०२४ को पहिलो छनोट खेल खेल्दैछ । सोमबार टोलीले आयरल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण