वडा अध्यक्षले कार्यालयमै कुटे कर्मचारीलाई

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक जना वडा अध्यक्षले एक कर्मचारीलाई कार्यकक्षमै हातपात गरेका छन् । कटहरिया–९ का वडाअध्यक्ष रुपेश कुमार यादवले जिन्सी फाँटका कर्मचारी सन्तोष जैसवाललाई हातपात गरेका हुन् ।
बुधबार दिउँसो कार्यालय समयभित्रै वडा अध्यक्ष यादव जिन्सी फाँटमा प्रवेश गरी जैसवाललाई एक्कासी लछारपछार गर्दै हातपात गरेका हुन् । अपराह्न केही मानिस लिएर आएका वडा अध्यक्ष यादवले जिन्सी फाँटमा प्रवेश गरी गालीलौज गर्दै आफूलाई कुर्सीबाट पछारेर हातपात गरेको पीडित जैसवालले बताएका छन् ।
कटहरिया नगरपालिकाले केहीदिन अघि मगाएको दुई वटा सोलारबत्ती मेयर जयप्रकाश जैसवालको निर्देशन अनुसार जमुनिया विद्यालय र डुमरिया विद्यालयमा जडान गरिएको थियो । सोही सोलार जडानबारे वडा अध्यक्ष रुपेश कुमार यादवले फोनबाट सोधेपछि मेयरको आदेशमा दुवै सोलार बत्ती जडान भइसकेको जानकारी आफूले गराएको उनले बताए । फोनमा कुरा गरेको एकघण्टा भित्रै कार्यालयमा आएर ‘मेरो वडा कार्यालयमा सोलार बत्ती किन जडान गरिनस्’ भन्दै आफूमाथि हातपात तथा दुर्व्यवहार गरेको जैसवालको भनाइ छ ।
उनले आफूमाथि भएको कुटपिट तथा दुर्व्यवहारका बारेमा आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएको पनि बताए ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले नेपाल सरकारको कर्मचारीमाथि जनप्रतिनिधिबाटै हातपात हुनु दुर्भाग्यपूर्ण घटना भएको बताए । घटनामा संलग्न जो कोही माथि पनि कडाभन्दा कडा कारबाही हनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि