मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

यस्तो विद्यालय, जहाँ विद्यार्थीलाई संस्कारसहितको शिक्षा दिइन्छ

‘डीएभी स्कुलसँगै एक शैक्षिक अभियान पनि हो’
शुक्रबार, १० चैत २०७९, ११ : १०
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । व्यापारिक घराना शंकरलाल केडियाका कान्छो छोरा सुशील केडियाको १७ वर्षको किशोर उमेरमा निधन भयो । उनको निधनपछि परिवार निकै पीडा र शोकमा थियो । एकातिर छोराको यादले सताउँथ्यो भने अर्कोतिर आँखाभरी झल्झली उनका सपना आउँथे । त्यसपछि केडिया परिवारले छोराको यादलाई कसरी जीवन्त राख्न सकिन्छ भन्नेतिर सोच्न थाले । अन्ततः शिक्षाको ज्योति पनि फैलाउन सकिने र छोराको सम्झनालाई पनि जीवन्त राख्न सकिने सोच आयो । त्यसपछि उनीहरूले एउटा स्कुल खोल्ने निर्णय गरे । 

सन् १९९३ मा ललितपुरको जावलाखेलमा ३३ रोपनी क्षेत्रफलमा रहेको जग्गामा स्कुल खुल्यो । उनीहरूको चाहना स्कुल व्यवसायिक वा व्यापारिक भन्दा पनि सामाजिक कार्यको लागि हुनुपर्छ भन्ने थियो । सोही आधारमा १२ जनाको सहभागितामा डीएभी सुशील केडिया विश्व भारती स्कुलको स्थापना भयो । जहाँ संस्कारसहितको शिक्षा दिन थालियो । 

अहिले उक्त स्कुलमा विद्यालय तहमा हजाराैँ विद्यार्थी अध्ययनरत छन् । अढाई सय भन्दा बढी शिक्षक, कर्मचारीले सेवा प्रवाह गर्दै आएका छन् । बालसदनदेखि मास्टर्स सम्मको पढाई हुने उक्त स्कुलमा विभिन्न विषयको पढाई हुन्छ । 

dav school (10)

विद्यालयका भाइस प्रिन्सिपल रामचन्द्र खनालले संस्कारसहितको शिक्षा सिकाइने गरेको बताए । भारतमा सञ्चालित डीएभी (दयानन्द याङ्लो वैदिक) को पठनपाठन शैलीबाट प्रभावित भएर उक्त शिक्षालाई नेपाली संस्कारमा रूपान्तरण गरिएको उनको भनाई छ । उक्त विद्यालयमा पूर्वको ज्ञान र पश्चिमको विज्ञानलाई फ्युजन गरेर पठनपाठन गराइन्छ ।  

उक्त विद्यालयमा नेपालको एसईई बोर्ड र एनईबी बोर्डको पढाई हुन्छ । त्योसँगै भारतको सीबीएसई अन्तर्गतको पाठ्यक्रम पनि पढाई हुन्छ । त्यस्तै, कलेज लेभलमा बीबीएस, बीएस्सी साइन्स, एमबीए लगायतका कार्यक्रमहरू पनि सञ्चालनमा छन् । त्यस्तै इग्नो ९इन्दिरा गान्धी ओपन युनिभर्सिटी० को कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् । 

dav school (3)

जो कलेज जान सक्दैनन्, उनीहरूको लागि घरबाटै पढ्न पाउने व्यवस्थासमेत गरिएको उनको भनाइ छ । 

नेपाली र भारतीय कोर्ष 

उक्त विद्यालयमा दुई प्रकारका कोर्ष पढाई हुन्छन् । नेपालको एसईई कोर्ष तथा इण्डियन दिल्ली बोर्ड अन्तर्गतका कोर्षको पनि पढाई हुन्छ । ‘त्यसका लागि अभिभावकहरू आउँदा कुन बोर्ड पढ्नुहुन्छ भनेर हामीले सोध्छौं । जो नेपाली नागरिक छन्, यही बस्छन्, यहीको पेशा व्यवसाय गर्छन्, उनीहरूले यहीको कोर्ष पढाउछन् ।’ खनालले भने, ‘भारतका जो नेपालमा काम गर्न आएका छन् । उनीहरूका छोराछोरीको लागि भने भारतको कोर्समा आधारित पढाई हुन्छ ।’ 

dav school (12)

१९९३ बाट विद्यालय स्थापना भएदेखि नै सीबीएसई र एसईई दुवै कोर्ष सञ्चालन गरेका थियौं ।’ उनले भने । पहिला इण्डियन एजुकेशन राम्रो छ भनेर आफ्ना बालबालिकालाई भारत पढाउन लैजाने धेरै थिए । तर, अहिले अवस्था त्यस्तो छैन । डीएभी एउटा स्कुल भन्दा पनि अभियान रहेको भाइस प्रिन्सिपल खनालको भनाई छ, ‘यो स्कुल मात्र होइन, अभियान हो । यो एउटा टोटल स्कूलिङ हो, शिक्षा र संस्कारसहितको ।’ 

dav school (4)

अन्य विद्यालयमा कक्षा सुरू गर्दा विहान प्रार्थना गरिन्छ । तर, यो स्कुलमा विद्यार्थीहरूको दिनको सुरूवात नै वेदका मन्त्रहरूबाट हुन्छ । यो विद्यालयमा स्कुल स्थापना कालदेखि नै ५ देखि ८ कक्षासम्म नेपाली र भारतीय दुवै तहको शिक्षामा संस्कृत भाषा समेत पढाई हुन्छ । कक्षा ९ र १० मा भारतीय बोर्ड अन्तर्गत हिन्दी, नेपाली र संस्कृतमध्ये छानेर पढन पाइन्छ । 

dav school (8)

कक्षामा नेपाली अनिवार्य छ । तर, कोहीले हिन्दी पढ्न चाहेमा हिन्दी भाषा पनि ऐच्छिकको रूपमा राखिएको छ । त्यस्तै सेसन सुरू गर्दा वैदिक विधिद्वारा हवन गरेर विद्यार्थीहरूलाई पूर्वीय दर्शन र विचारका कुराहरूलाई बुझाएर सुरूवात गरिन्छ । यति मात्र नभएर सेसनको अन्त्य हुँदा पनि त्यही आधारमा विद्यार्थीलाई विदाई गरिन्छ । 

dav school (11)

संस्कारसहितको शिक्षाअन्तर्गत विभिन्न समयमा अभिभावकहरूलाई बोलाएर उनीहरूसँग समेत छलफल गरिन्छ । ‘हामी अभिभावकलाई बोलाएर रेस्पेक्ट गर्नुपर्छ भन्ने खालको ज्ञान दिन्छौं । फादर्स डे वा त्यो बेला सबै जना नभएपनि अरू दिनमा पनि बोलाएर ‘डु नट विथ ड्याड’ भनेर कक्षाकोठामा बोलाएर बाबासँग नै खाजा खाने, खाना खाने गराउँछौं । बाबालाई बोलाउँदा आमालाई बोलाउँदैनौं,’ उनले भने, ‘त्यो बेला बाबाका गीत गाउने, बाबासँग नाच्ने गर्छौ । त्यो बेला बाबाका मात्र कुरा गर्छौ । बाबा इम्र्पोटेन्ट हो भन्ने कुरा बुझाउँछौं । न कि तिमीले बाबाको सल्लाहअनुसार जानुपर्छ भन्ने कुरा सिकाउँछौं ।’ 

त्यस्तै मदर्स डेमा आमाहरूलाई बोलाइन्छ । त्यो बेला आमाका मात्र कुरा गरिन्छ । यतिमात्र नभएर हजुरआमा, हजुरबुबालाई बोलाएर विद्यार्थीहरूसँग छलफल गराइन्छ । ‘ग्राण्ड प्यारेन्टस् पनि हाम्रा अमूल्य निधि हुन्, सम्मान गर्नुपर्छ भनेर सिकाउँछौं । त्यो बाहेक अरू स्कुलहरूले गर्ने अन्य क्रियाकलाप पनि गर्छौ ।’ उनले भने । 

dav school (2)

डीएभीका विद्यार्थीहरू गुरूकुलमा जान्छन् र केही दिन त्यही बिताउँछन् । उनीहरूसँगै खाने, बस्ने, पढ्ने गर्छन् । गुरूकूलीय पद्धति सिकाउन त्यसो गरिएको हो । त्यस्तै देशभरीका संस्कृत पढाउने विद्यालय परिवारलाई बोलाएर विभिन्न कार्यक्रम समेत आयोजना गरिन्छ । संस्कृत भाषाको लागि केही गर्नुपर्छ भनेर डीएभीले देवनागरी दिवस नै मनाउने गरेको छ । त्यो दिवसमा नेपाली, हिन्दी, संस्कृतका कुराहरू गरिन्छन् । स्कुलका संस्कृत भाषाका अभियन्ता जनार्दन घिमिरेको सम्झनामा उक्त दिवस मनाइन्छ । 

उनको सम्झनामा विद्यालयको एउटा भवनको नाम नै जनार्दन स्मृति भवन राखिएको छ । उनको पुण्यतिथीमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको भाइस प्रिन्सिपल खनालले बताए ।  त्यस्तै सुशील केडियाको जन्मदिन सप्ताहव्यापी रूपमा मनाइन्छ । उक्त अवसरमा विपश्यना गराइने, बौद्ध भिक्षुहरूलाई आमन्त्रण गरी बुद्धका विचार, प्रवचनहरू दिनेलगायत गीता पाठ समेत गरिन्छ । 

कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूलाई दैनिक योग, ध्यान गराइन्छ । साथै, विद्यालयमा विभिन्न खालका खेलकुद कार्यक्रमहरू पनि गराउँदै आएको छ ।  उक्त विद्यालयमा ६ कक्षादेखि जर्मन, फ्रेन्च, चाइनिजलगायत विदेशी भाषा पनि अप्सनको रूपमा सिकाइन्छ । भोलि विद्यार्थी कुनै न कुनै व्यवसायिक क्षेत्रमा जानुपर्छ भनेर विद्यार्थीहरूलाई पत्रकारितादेखि सीपमुलक कार्यक्रम पनि सञ्चालन गराउँदै आएको छ । 

dav school (9)

‘जर्नालिज्म मन नपराउनेहरूले हेल्थ एण्ड ब्युटी साइन्स पढ्न पाउँछन् । आईटी इन इलेक्ट्रोनिक्स, फेसन डिजाइन गरेर ४ वटा विषय कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले इन्ट्रेस्ट अनुसार पढ्न पाउँछन् ।’ उनले भने ।  समसामयिक विषयमा पनि त्यहाँ पढाइन्छ । जस्तो कि बजेटको समयमा विद्यार्थीहरूलाई त्यस बारेमा समेत डिभेट गराईन्छ ।  बजेटका राम्रा र नराम्रा पक्षबारे बोल्न लगाईन्छ । 

‘हामीले ‘रिडर अफ द मन्थ’ घोषणा गर्छौ । त्यो मोटिभेशन हो । प्रत्येक कक्षाबाट रिडर अफ द मन्थ हुन्छ । कक्षा भित्रका बेस्ट स्टुण्डेहरूको नोमिनेसन हुन्छ । त्यहीबाट सबैभन्दा राम्रोलाई अवार्ड दिन्छौं ।’ भाइस प्रिन्सिपल खनालले भने । विद्यालयमा अनुशासनमा बस्नु पर्छ भनेर विद्यार्थीहरूलाई कडाई गरिदैन । अनुशासनमा बसाउनको लागि धेरै कार्यक्रमहरू रहेको र त्यही आधारमा विद्यार्थीहरू स्वतः अनुशासित हुने उनको भनाई छ । 

dav school (5)

‘राम्रो गर्नेलाई अवार्ड दिन्छौं । नराम्रो गर्नेलाई सजाय होइन, काउन्सिलिङ गर्छौ ।’ उनले भने । सस्तो शुल्क रहे पनि विद्यालयमा ए लेभलका सबै सुविधा प्रदान गरिएको छ । त्यहाँ ए लेबलको स्कुलमा हुने सबै खालका सुविधा छन् । ‘कक्षाकोठामा मल्टिमिडियादेखि नयाँ नयाँ टेक्नोलोजी अनि कार्यक्रम गर्नको लागि थुप्रै हल छन् ।’ उनले भने, ‘संस्कारसहितको शिक्षा, डीएभीको विशेषता हो ।’

dav school (1)

dav school (6)dav school (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप