गण्डकीमा नयाँ सरकार गठनबारे निर्णय लिन कांग्रेस–माओवादीको संयुक्त बैठक
शुक्रबार, १० चैत २०७९, १४ : २६
_X5qp0oLqMf.jpg)
पोखरा । गण्डकीमा नयाँ सरकार गठनबारे निर्णय लिन कांग्रेस र माओवादीको संयुक्त बैठक बसेको छ । शुक्रबार केन्द्रबाट सर्कुलर जारी भएसँगै माओवादीले आजै सरकार छोड्ने तयारी गरेको छ ।
बिहान ११ बजेदेखि बसेको माओवादी संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरेको माओवादी स्रोत बताउँछन् । सरकार गठन, भागभण्डा र विशेष अधिवेशन बोलाउने विषयमा बैठक बसेको कांग्रेसका एक सांसदले बताए ।