पत्रकारले आफूमाथिका प्रश्न स्विकार्न सक्नुपर्छ : अध्यक्ष पोखरेल
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरू सजग हुन जरुरी रहेको बताएका छन् । आइतबार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले पत्रकारितामाथि विश्वसनीयताको खोजी गरिरहेको बताएका हुन् ।
उनले भने, ‘एउटा पत्रकारले प्रश्न स्विकार्न सक्दैन भने उसको नैतिक अधिकार हुँदैन की उसले पनि कसैलाई प्रश्न गरोस् । त्यसकारण आफूप्रतिको प्रश्न स्विकार्ने र करेक्सन हुने कुरामा हामी सबैभन्दा बढी लाग्यौँ भने त्यतिबेला मात्रै हामीलाई त्यो अधिकार हुन्छ की हामीले अरूको बारेमा प्रश्न उठाउँछौँ । अहिले पत्रकारिता क्षेत्रमा प्रशस्त प्रश्नहरू उठेका छन्, त्यसलाई एउटा मात्रै डिमान्ड गरेको छ, तिमीहरूको कन्टेन्ट विश्वसनीय होस् भन्ने मात्रै जवाफ खोजेको छ । हामीले विश्वसनीयता दिने सम्बन्धमा काम गर्नुपर्नेछ ।’ अध्यक्ष पोख्रेलले आफ्ना समाचारहरू विश्वसनीय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरूले जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण