सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश

कैलाली । धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’को आजको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गरेको छ ।
जितसँगै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गरे ।
खेल सुरु भएको पाँच मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए । तीऔँ मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । दोस्रोे हाफको ५१औँ र ६३औँ मिनेटमा गोल गर्दै आयुषले ह्याट्रिक गर्न सफलता पाएका हुन् ।
आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित आयुष रु दश हजारबाट पुरस्कृत भए । नेपाल पुलिस क्लबले आजको प्रतिस्पर्धामा गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्न सकेन । अब सुदूरपश्चिमले थ्री स्टारसँग सेमिफाइनलको प्रतिस्पर्धा गर्नेछ । बुधबार मानाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । धनगढी रङ्गशालामा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा