बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिनमा कति वटा अण्डा खानुपर्छ ? के भन्छन् आहारविद् ?

बुधबार, १५ चैत २०७९, ०७ : ४६
बुधबार, १५ चैत २०७९

अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने पोषक तत्त्व र गुणले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । फिटनेस फ्रिक हुन् वा जिममा कसरत गर्ने व्यक्तिहरू, सबैले धेरै अण्डा खान्छन् । बिहानको खाजामा अण्डाबाट बनेको परिकार होस् वा बेलुकी उसिनेको अण्डा दुवै स्वाद र पौष्टिकताले भरिपूर्ण हुन्छन् । अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, यसबाहेक अण्डामा पर्याप्त मात्रामा मिनरल्स र हेल्दी फ्याट पनि पाइन्छ । अण्डामा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ र यही कारणले गर्दा अण्डाको पहेँलो कम सेवन गर्न सल्लाह दिइन्छ । भनिन्छ आइतबार होस् वा सोमबार, दैनिक अण्डा खानुहोस्, तर के तपाईँलाई थाहा छ, स्वास्थ्यका लागि कति अण्डा फाइदाजनक छ ? यसबारे जानकारी लिऔँ । 

एक दिनमा कति अण्डा खानु पर्छ ? 

अण्डामा पाइने प्रोटिन, भिटामिन ए, भिटामिन बी १२, भिटामिन डी, क्याल्सियम, जिङ्क र फोलेट जस्ता पोषक तत्त्वहरू शरीरका लागि निकै फाइदाजनक हुन्छन् । अण्डाको नियमित सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर यसको अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर हानी पु¥याउन सक्छ । धेरै अण्डा खाँदा तपाईँको शरीरमा गर्मी बढ्न सक्छ र यसको कारण तपाईँको पेट पनि खराब हुन सक्छ । नियमित रूपमा अण्डा बढी खाँदा तपाईँलाई अन्य धेरै समस्याको खतरा पनि हुन्छ । यस्तो अवस्थामा तपाईँले एक दिनमा सीमित मात्राभन्दा बढी अण्डा खानु हुँदैन ।

भारतको स्वास्थ्य केन्द्रका क्लिनिकल डाइटिशियन डा. वीडी त्रिपाठी दैनिक अण्डा खाँदा शरीरमा प्रोटिनसहित थुप्रै पोषक तत्त्वहरू उपलब्ध हुने बताउँछन् । यसको प्रयोग मांसपेशीको विकासमा र शरीरलाई रोगबाट बचाउनमा पनि फाइदाजनक हुन्छ । सामान्यतया स्वस्थ व्यक्तिले दैनिक २ देखि ३ वटा अण्डा खानुपर्छ । जो व्यक्ति जिममा वर्क आउट गर्छन् वा एथलीट हुन्छन्, उनीहरूलाई बढी प्रोटिन चाहिन्छ । यस्ता व्यक्तिले दिनमा ४ देखि ५ अण्डा खान सक्छन् । नियमित रूपमा अण्डा खाने मानिसले अण्डाको सेतो भाग मात्रै खानुपर्छ । यसबाहेक जसलाई मुटु वा कोलेस्ट्रोलको समस्या छ, उनीहरुले दिनमा २ वटा भन्दा बढी अण्डा खानु हुँदैन ।

धेरै अण्डा खानुका साइड इफेक्ट

धेरै अण्डा खाँदा तपाईंको स्वास्थ्यमा गम्भीर क्षति हुने खतरा हुन्छ । यसमा कोलेस्ट्रोल उच्च हुन्छ र अण्डाको प्रभाव तातो हुन्छ । त्यसैले सीमित मात्रामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मुटु रोगीलाई पनि धेरै अण्डाको सेवन गर्न निषेध गरिएको छ । कुनै पनि रोग वा समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना अण्डा खानु हुँदैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप