रामनवमीको अवसरमा राजविराज बृहत् झाकी प्रदर्शन

सप्तरी । रामनवमी पर्वको अवसरमा (बिहीबार) राजविराजमा बृहत् झाँकी प्रदर्शन गरेर धुमधामले रामनवमी मनाइएको छ । चैत्र शुक्ल नवमी रामनवमीका अवसरमा बिहानैदेखि राजविराजस्थित राममन्दिर बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो । स्थानीय बासिन्दा तथा युवाको अगुवाइमा हजारौंको संख्यामा झाँकी, कलश यात्रा जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।
राम मन्दिरबाट निकालिएको झाँकी नगरेको गजेन्द्र चोक, दर्शन चोक, कुनोली रोड हुँदै तेतरी गाछी, हनुमानमन्दिर, राजदेवी मन्दिर हुँदै नगरको विभिन्न ठाउँमा परिक्रममा गरेको थियो । नरसिंह हिन्दु सेना नेपाल, राममन्दिर व्यवस्थापन समितिलगायत विभिन्न संघ संस्थाको अगुवाइमा निकालिएको झाँकीमा स्थानीय भक्तजन, महिला, युवा, विद्यार्थीसहित स्थानीयको हभागिता थियो ।
त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादापुरुष भगवान् रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन देशभर रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, आध्यात्म वाल्मीकि र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा छ ।
अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान् विष्णुको सातौं अवतारका रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।
आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
पर्व चैती नवरात्रको बीचमै परेकाले आजको दिन भगवान् रामको साथै आदि शक्ति नवदुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेस प्रदेश सरकार (बिहीबार) सार्वजनिक बिदा दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने