कर्णालीमा एमाले संसदीय दलका नेता कँडेलले भने– सत्ता पक्षमा बसेर विपक्षमा भोट हाल्दैन
सुर्खेत । कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । राष्ट्रिय राजनीतिमा जे–सुकै भएपनि प्रदेशमा एमालेले विश्वासको मत दिने भएको हो । मुख्यमन्त्री राजकुमार शर्माले दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्तावबारे छलफलमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले सत्ता पक्षमा बसेर एमालेले विपक्षमा भोट नहाल्ने बताए ।
‘म बसेको अगाडि सत्ता पक्ष लेखेको छ, अनि विपक्षमा हाल्ने कुरा भएन,’उनले थपे,‘ सरकारमा सामेल रहेको पार्टीबाट विपक्षमा भोट हाल्नुपर्ने अवस्था रहेको छैन । त्यो भएकाले आसनअनुसार, भूमिका अनुसार विश्वासको पक्षमा भोट हाल्ने छौँ ।’ यस्तै कर्णालीमा कांग्रेस कार्य सम्पादन समितिको बैठकले शर्मालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर संसदमा बोल्दा संसदीय दलका नेता जीवनबहादुर शाहीले मत दिने÷नदिनेबारे भने स्पष्ट कुरा उल्लेख गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण