मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन

शुक्रबार, १७ चैत २०७९

काठमाडौंँ । नेपाली फिल्म क्षेत्रका ३ कलाकार सरोज खनाल, धिरेन शाक्य र सञ्चिता लुइँटेल एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा यी तीन एकसाथ देखिएका हुन् ।

भिडियोमा सञ्चिताका लागि सरोज र धिरेनको झगडा परेको देखाइएको छ । सञ्चिताको पछि धिरेन र सरोज लागेको रमाइलो दृश्य पनि भिडियोमा छ । 

गायिका रानी शाक्य, गायकद्धय सिडी विजय अधिकारी र प्रताप दासको स्वर र राजेश शाक्यको शब्द र सिडी विजय अधिकारीको संगीत गीतमा छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन, माधव बेलबासेको सम्पादन रहेको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया