भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
बिहीबार, ०७ साउन २०८३, ०८ : २३
सारांश
- भारतीय चर्चित पार्श्व गायक सान आगामी भदौ ६ गते नेपालको क्लब नोभामा साङ्गीतिक प्रस्तुति दिन आउने भएका छन्।
- कार्यक्रममा सानले आफ्ना सर्वाधिक रुचाइएका गीतहरू 'मुसुमुसु हाँसिदेऊ', 'ओम शान्ति ओम', 'बहती हवा सा था वो' लगायत एक दर्जन बढी गीतहरू प्रस्तुत गर्नेछन्।
- ९० को दशकदेखि हालसम्म पनि युवा पुस्तामाझ लोकप्रिय रहेका गायक सानको कार्यक्रमको आयोजना तथा व्यवस्थापन 'नेपाली टच'ले गर्न लागेको हो।
काठमाडौँ । भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर (पार्श्व गायक) सान साङ्गीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्।
आगामी भदौ ६ गते उनले नेपालकै सबैभन्दा ठुलो इन्डोर इभेन्ट भेन्यु 'क्लब नोभा'मा साङ्गीतिक प्रस्तुति दिने भएका हुन् । कार्यक्रममा आफ्ना सुमधुर गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन्।
९० को दशकदेखि लिएर वर्तमान युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक सानलाई साङ्गीतिक कार्यक्रमको आयोजना तथा व्यवस्थापन ‘नेपाली टच’ गर्न लागेको हो ।
कार्यक्रममा सानले आफ्ना सर्वाधिक रुचाइएका गीतहरू ‘मुसुमुसु हाँसिदेऊ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायतका एक दर्जन बढी गीतहरू पस्किनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण