उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
सारांश
- चीनमा आयोजित 'नेपाल एभरेस्ट फिल्म फेस्टिभल'का विजेतालाई काठमाडौँमा १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ।
- 'एन्जिला' उत्कृष्ट चलचित्र घोषित भई ४ हजार डलर पुरस्कार जित्यो, जबकि 'तेल भिसा'का निर्देशक शंकर घिमिरेले २ हजार डलर प्राप्त गरे।
- दीपकराज गिरी र मिरुना मगरले क्रमशः 'छक्का पञ्जा' र 'कबड्डी ४'बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको उपाधिसहित जनही एक हजार डलर पुरस्कार जितेका छन्।
काठमाडौँ । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेतालाई काठमाडौँमा आयोजित समारोहमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ। चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म आयोजित फेष्टिभलमा ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार डलर पुरस्कार प्राप्त गरेको हाे ।
‘तेल भिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक बन्दै २ हजार डलर प्राप्त गरे। ‘छक्का पञ्जा’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरूले जनही एक हजार डलर प्राप्त गरेका छन्।
‘महाजात्रा’बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाकार र ‘होस्टेल ३’ले उत्कृष्ट सम्पादन विधामा जनही एक हजार डलर पुरस्कार प्राप्त गरे।
डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित टोलीले चलचित्रको मूल्याङ्कन गरेको आयोजकले जनाएको छ।
पुरस्कार वितरणका लागि हलिउड निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँ आएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ अभिनेता हरिहर शर्मा लगायतको कार्यक्रममा उपस्थित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण