बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता

बिहीबार, ०७ साउन २०८३, ०८ : १५
बिहीबार, ०७ साउन २०८३

सारांश

  • फिल्म 'एक्का तीन'मा कविता नेपाली मुख्य नायिकाको रूपमा अनुबन्धित भएकी छन् ।
  • यस फिल्ममा यसअघि नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् ।
  • निर्देशक रुपेश तामाङका अनुसार यो एक्सन जनराको फिल्म हो र यसमा पूजा र कविताबीच कडा टक्कर हुनेछ ।

काठमाडौँ । फिल्म ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रूपमा देखिने भएकी छन् । निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्ममा उनलाई अनुबन्धित गरेका हुन् । 

यो फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायाङ्कनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरूको लाइनअप पुरा भएको छ ।

कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको फिल्म हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले अनुबन्धित गरेका हौँ ।’

फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई सुमन गजमेरले लेखेका हुन् ।

कविताले यसअघि फिल्म ‘एक्लो’मा काम गरिसकेकी छिन् । जसमा रहेको उनको एक्सनलाई दर्शकले रुचाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप