नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
शुक्रबार, १७ चैत्र २०७९, २१ : ३८

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा निधन भएको छ भने एघार जना घाइते भएका छन् ।
बेतिनीबाट यात्रु लिएर काठमाडौँ जान लागेको सुमो आज अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाडौँ जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खस्दा चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग
-
एमडीएमएसमा छुटेका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?
-
विदेशबाट कति सुन ल्याउन पाइन्छ ?
-
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’
-
संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्ति सुनुवाइ समितिमा रोकिन सक्छन् : अध्यक्ष तिमिल्सिना
-
संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा