चीनका विदेशमन्त्री र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबिच के छलफल भयो?
बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमा कुराकानी गरेका छन्। चीनको विदेश मन्त्रालयले दुई जना बिचको कुराकानीबारे जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘मे १०, २०२५ मा, चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमा कुराकानी गर्नुभयो। डोभालले पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीयहरूमा गम्भीर क्षति पुर्याएकाले भारतले कडा आतंकवादविरोधी कदम चाल्न बाध्य भएको बताउनुभयो ।’
विज्ञप्ति अनुसार डोभालले युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नभएको बताउँदै भारत र पाकिस्तान युद्धविरामको लागि प्रतिबद्ध रहेको र चाँडै क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापित गर्न काम गरिरहेको जानकारी दिएका छन् ।
यता, वाङ यीले चीनको तर्फबाट पहलगाम आक्रमणको निन्दा गर्दै चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने बताए। उनले आजको विश्वको अवस्था धेरै कठिन रहेको र एसियामा शान्ति कायम राख्नु धेरै महत्त्वपूर्ण भएको बताए।
वाङ यीले भारत र पाकिस्तान अविभाज्य छिमेकी हुन् र दुवै चीनका छिमेकी पनि भएको बताउँदै चीनले युद्ध नचाहने भारतको अडानलाई कदर गर्ने पनि स्पष्ट पारे । विज्ञप्तिमा चीनले भारत र पाकिस्तान वार्ताको माध्यमबाट स्थायी शान्ति र युद्धविरामतर्फ अघि बढुन् भनेर चाहेको उल्लेख छ । ‘यो दुवै देश र विश्वको हितमा छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण