तरुण दल चौतारा नगरपालिका अध्यक्षमा अमिर तामाङ निर्वाचित
काठमाडौँ । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । नेपाल तरुण दल सिन्धुपाल्चोकको अध्यक्ष सञ्जय लामाको प्रमुख आतिथ्यमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकाको अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनबाट चौतारा नगरपालिकाको अध्यक्षमा अमिर तामाङ लगायतको कार्यसमिति निर्वाचित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष लामाले नेपाल तरुण दल पाँचौँ अधिवेशन उन्मुख भएको र लोकतन्त्रलाई बलियो बनाउन तरुणहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।अध्यक्ष लामाले तरुण दल क्लब नभएर पार्टीको मेरुदण्ड हो भनी उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस जुगल गाउँपालिकाको सभपति सगुन श्रेष्ठ ,नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष जित बहादुर थिङ, नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नं२ को अध्यक्ष अनिल कुमार स्याङ्बो लगायत नेताहरू विशेष अतिथिको रूपमा उपस्थित थिए ।
अधिवेशन कार्यक्रममा नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेश र इकाई कार्यसमितिका पदाधिकारीसहित तरुण कार्यकर्ताको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण