एक दिन नबित्दै मुख्यमन्त्री यादवले जुस खुवाएर तोडाए अभियन्ताको आमरण अनसन
जनकपुरधाम । भूमिहीन दलित, सुकुम्वासीहरूको भूमि अधिकारका निम्ति र चुरे वन जङ्गल संरक्षण सम्बद्र्धनसहितको माग लिएर हिजो दिउँसोदेखि आमरण अनसनमा बसेका सुनिल यादवले अनसन तोडेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान उनलाई जुस खुवाएर अनसन तोडाएका हुन् । मुख्यमन्त्री यादवले एक साताभित्र समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति गर्ने तथा केन्द्र सरकारसँग सरोकार रहेको विषयमा केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री यादवले भूमिहीन सुकुम्वासीहरूको लागि पनि दलित आवास योजना अगाडि बढाउँदै लागू गर्ने विश्वास पनि दिलाए ।
चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव हिजो दिउँसो ४ बजेदेखि विभिन्न ६ बुँदे मागसहित जनकपुरधामको जनकचोकमा आमरण अनशनमा बसेको थियो ।
'मुख्यमन्त्रीजीलाई म चिन्दछु, उहाँ जे बोल्नुहुन्छ । त्यो गर्नुहुन्छ । हामीलाई उहाँको वचनमा विश्वास छ'–अनसनकारी यादवले भने ।
उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले वनसँग सम्बन्धित विषयहरू सम्बोधन गर्नको लागि कुनै कसर नराख्ने बताए ।
अनसन स्थल पुग्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केन्द्र सरकारबाट सम्बोधन हुने विषयहरू बारे आफूले पनि पहल अघि बढाउने जानकारी दिए ।
कतिपय कुरामा कानून बन्नुपर्ने अवस्था रहेको बताउँदै प्रजिअ दाहालले अन्य विषयमा पनि छलफल गरेर सकारात्मक रूपमा अघि बढ्नको लागि आग्रह गरेका थिए ।
तीनवटै तहमध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरूको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनशनमा बस्नुपरेको संयोजक यादवले बताए ।
यसअघि भूमिहीन तथा सुकुम्वासीहरू आन्दोलन सुरु गर्दै गत फागुन ११ गतेदेखि धर्नामा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण