शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हिमाल सफाइ अभियान २०२३ मा युनिलिभरको हातेमालो

सोमबार, २० चैत २०७९, ०९ : ०६
सोमबार, २० चैत २०७९

काठमाडौँ । युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गर्ने भएको छ। हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य हो । 

हिमालको संरक्षण गर्ने र हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो । यस वर्षको अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरूको सफाइ गर्दै ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य राखेको छ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर सङ्कलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ ।” नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेको उल्लेख गर्दै उनले युनिलिभरले हिमालहरूको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप