नागरिकता विधेयकमा सहमतिको प्रयास जारी छः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताएकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरूका बीचमा सहमतिको प्रयास भइरहेको बताएकी हुन् । उनले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परे पनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताइन् । विगतका समस्या नदोहोर्याउन सहमतिको लागि प्रयास गरिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘यो त अब काममा प्रक्रियामा हेर्नुपर्छ । घोषणा गर्ने बेलामा कागजमा लेख्ने बित्तिकै भइहाल्दैन केही कुरापनि । त्यसको आफ्नै प्रक्रिया हुन्छ । ६ महिनाभित्रमा नागरिकता ऐन ल्याउने भन्ने कुरा पहिले पनि भएको हो । अहिले पनि त्यो उल्लेख भएकै विषय छ । नागरिकता ऐन त वास्तवमा ६ महिनाभित्र भन्नाले ६ महिना कुराउनुपर्छ भन्ने कुरा होइन । छिटोभन्दा छिटो ल्याउने कुरा नै हो । त्यस कारण सरकारको प्राथमिकतामा छ । अलिअलि सहमति खोज्नुपर्छ यो विषयमा त्यसले गर्दा केही समय लागेको हो । सहमति जुटाउनुपर्ने भएको हुनाले । हिजो विगतमा पनि समस्या भयो अब त्यो समस्या नहोस् भनेर हामी सहमति खोज्ने प्रक्रियामा छौँ नागरिकताको विषयमा ।’
उनले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सरकारले आफ्ना सबै निकायहरूलाई सक्रिय पार्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण