वैशाख १५ मा ‘कैदीको पत्र’
काठमाडौंँ । फिल्म ‘कैदीको पत्र’ अगामी १५ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार–चढाव को अलवा प्रेम र रोमान्सको कथामा बनेको यो फिल्म सनम कुमार बैरागले निर्देशन गरेका हुन् । स्कटल्याण्डमा छायांकन भएको फिल्ममा कुनाल विश्व, म्याडिशन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ लगायतको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी निर्माता रहेको रामेश्वर कार्कीले छायांकन र अर्जुन जिसीको सम्पादन छ ।
फिल्मको पहिलो गीत ‘मेरो दिलको तालमा’ केही समयअघि सार्वजनिक गरिएको थियो । जसमा गायक प्रताप दास तथा गायिका सुबानी मोक्तानको स्वर रहेको छ । सनमकुमार बैरागको शब्द र सुरेश सेञ्चुरीको संगति रहेको गीतमा फिल्मका कुनाल र ब्रिटिश अभिनेत्री लाजारसको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण