१९ दिनमा सकियो फिल्म ‘जाँड’ को छायाङ्कन
काठमाडौँ । राजु शाह (राजेन्द्र) को निर्देशन रहेको फिल्म ‘जाँड’ को छायाङ्कन सकिएको छ । १९ दिनको लगातार छायाङ्कनपछि फिल्म आइतबार सकिएको निर्देशक शाहले बताए । ‘२२ दिनको छायाङ्कन सेडुलसहित सुरु भएको फिल्म १९ दिनमै सकिएको छ’ निर्देशक शाहले भने ‘मौसम र कलाकारले राम्रो साथ दिएका कारण निर्धारित समय अगाडि सकियो ।’ फिल्मको सोमबारबाट सम्पादन सुरु हुने र छिट्टै रिलिज गर्ने योजना रहेको शाहले सुनाए ।
गत निफ फिल्म फेस्टिभलमा शुभ–मुर्हूत गर्दै छायांकनमा निस्किएको फिल्म नगरकोटको आसपासका स्थानमा खिचिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा फिल्ममा मन्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमिल्सेना लगायतको अभिनय समेटिएको छ ।
जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोरी र समाजले हेर्न दृष्टिको कस्तो रहन्छ भन्ने कुरो फिल्ममा विषयवस्तुको रूपमा उठाइएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक शाहले यस अगाडि ‘नमस्ते नेपाल’ सहित केही फिल्मको निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण